यस्तो बन्यो सोनमको ‘द जोया फैक्टर’को ट्रेलर

भदौ १२, काठमाडौं । अभिनेत्री सोनक कपुर अभिनित फिल्म ‘द जोया फैक्टर’को ट्रेलर रिलिज भएको छ । फिल्ममा एक जबरदस्त कहानीलाई प्रस्तुत गरिने बताइएको छ । पछिल्लो समय यो फिल्मको फोष्टरहरु सार्वजनिक गरिएको थियो । पोष्टर रिलिज भएसँगै फिल्मको कन्टेन्टको चर्चा सुरु भएको छ ।

फिल्ममा सोनमको अपोजिटमा दुलकर सलमान रहेका छन । यो फिल्म २० सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई अभिषेक शर्माले निर्देशन गरेका हुन । फिल्मको प्रोडक्शनको जिम्मा फक्स स्टार स्टुडियोले सम्हालेको छ । ‘द जोया फैक्टर’ जोया सोलंकी नामको एक युवतीको कहानी हो । जसले आफूले आफूलाई नै अनलक्की मान्छन । तर बुबा भने क्रिकेटको लागि उनलाई निकै लक्की मान्छन । यो फिल्मको कहानी निकै शान्दार भएको बताइएको छ ।

यसै फिल्मबाट काका सञ्जय कपुरले अभिनेत्री सोनम कपुरको बुबाको भूमिकामा अभिनय गरेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.