भाद्र ०६, काठमाडौं । शुक्रबारपनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि फाइन गुणस्तरको सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य ७१ हजार रुपैयाँ तोकेको छ ।
चाँदीको मूल्य पनि प्रति ८ सय ३० रुपैयाँ तोकेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव नहुँदा नेपालमा पनि मूल्य स्थिर रहेको महासंघको भनाई छ ।
तर पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च छ । त्यसैले बजारमा सुनचाँदीको करोबार घटेको व्यवसायीहरु बताउँछन । नेपालमा १ महिना यता डलरको भाउ समेत बढेकाले सुनचाँदीको मूल्य पनि उच्च रहेको महासंघको भनाई छ ।

