नेपालले एक तारा र एक ग्रहको नाम राख्दै

साउन २९, काठमाडौँ । नेपालले पनि एकतारा र एक ग्रहको नाम राख्दै छ । विविधतापुर्ण देश नेपालले के नाम राख्ला ? आकाशंगंगामा रहेको एउटा तारा र एउटा ग्रहको नाम नेपाली नाम हुनेछ ।

सो तारा र ग्रह संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन ९आइएयु०ले नेपाललाई त्यो अवसर प्रदान गरेको हो । पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र त्यसले परिक्रमा गर्ने ताराको नाम राख्ने अवसर नेपालले पाएको हो।

खगोल विज्ञानमा प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी रहेको छ । प्रकाशले एक सेकेण्डमा तीन लाख किलोमिटरको यात्रा तय गर्छ।

सन १९१९ मा स्थापना भएको आइएयुले यो वर्ष शतवार्षिकी मनाउँदैछ। सो अवसरमा नेपालसहित सदस्य राष्ट्रहरुलाई नाम राख्ने अवसर दिएको हो। अहिलेसम्म सौर्यमण्डल बाहिर ४ हजारभन्दा बढी ग्रह पत्ता लागेका छन्। अहिलेसम्म वैज्ञानिक नाम मात्र भएका ती सबैको नाम राख्न बाँकी नै छन ।

नेपालले नाम राख्ने तयारीमा रहेको उक्त तारा र ग्रहको पनि नाम अझैसम्म राखिएको छैन । हालसम्म वैज्ञानिक नाम मात्रै भएको उक्त तारा एचडी १००७७७ र ग्रह एचडी १००७७७ बीको नामले चिनिन्छन ।

आइएयुको नेपाल च्याप्टरले नाम छान्न समिति गठन गरी १४ भदौभित्र नाम पठाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.