दर्शक स्रोता माझ ‘वाला वाला रिबन’ संगै आष्मान लोप्चन (भिडियो)

साउन २२, काठमाडौँ । गायक आष्मान लोप्चनको चर्चित खान्दोके सेलो ‘बल्ल पो तामाङको हुल उठ्यो’को भाग २ ‘वाला वाला रिबन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रेडियोकर्मी हुदै पछिल्लो समय तामाङ भाषाको गित सङ्गीत क्षेत्रमा राम्रो परिचय बनाउन सफल गायक लोप्चनले फेरि दर्शक स्रोता माझ ‘वाला वाला रिबन’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । दिपक तामाङको निर्देशनमा तयार भएको भिडियोमा सुष्मा मोक्तान, प्रेम गोले र स्वयं गायक लोप्चानले अभिनय गरेको छ भने छायांकन बिक्रम लामाको रहेको छ । त्यस्तै भिडियो सम्पादन दिपक लामाको सहेको छ ।

आष्मान लोप्चन र रोष्ना लुङ्बाको आवाज​ रहेको उक्त गीतको शब्द तथा लय संकलन पनि स्वयं गायक लोप्चनकै रहेको छ ।
भिडियो हेर्नुसः

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.