साउन ०५,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सेरोफेरोमा रहेर जय जन्मभुमी जय सिन्धुम्भुमी बोलको गीत सार्वजनिक भएको छ ।
सिन्धुपाल्चोकको विभिन्न ठाँउको बर्णन गर्दै “सिन्धुपाल्चोक जिल्लालाई माया गर्छौं हाम्रो किल्ला लाई” भन्दै जिल्ला प्रतिको स्नेह र माया प्रकट हरेको छ । प्रेमध्वज प्रधान , चन्द्र सिंह घले र मिना सिंहको सुमधुर आवाज रहेको उक्त गीतले आफ्नो जन्मभुमि प्रतिको माया झल्काएको छ ।

सिन्धुपाल्चोकको सबै क्षेत्रलाई समेटेको उक्त गीतको भिडियो मिलन शंकरले गरेको छ । भने गितमा संगित चन्द्र सिङ घलेको संगित र शब्द किशोर बोढाथोकि रहेको छ । (भिडियो)

