सार्थक सूचनाः विकास र परिवर्तनको संवाहक

big bite restro

भिम लामा | विश्वका हरेक समाजको विकास र परिवर्तन सूचनामा अटेको हुन्छ । सूचनाविना परिवर्तनको कल्पना समेत गर्न कठिन छ । मानव सभ्यताको विकाससंगै भौतिक संरचना र जीवन बाँच्ने प्रक्रियामा सूचना अनिवार्य रहन्छ । सार्थक सूचना नै विकास र परिवर्तन संवाहकको रुपमा रहेको पाईन्छ । व्यक्ति, परिवार र समाजको परिदृश्य नै सूचनामा अटेको हुन्छ । सूचनाले व्यक्तिगत र समुहिक जीवनशैलीमा आधारित रहेर तीनिहरुमा सजग र सचेत बन्न मार्गनिर्देश गर्दछ ।

राष्ट्रको परिवर्तन तथा सामाजिक रुपान्तरणमा सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निभाउँदै आईरहेको छ । छापा हुँदै प्रशारण माध्यम र अनलाईन सञ्चार माध्यमसम्म आईपुग्दा नेपाली सञ्चार जगतमा निकै फड्को मारिसकेको हामीले अनुभव गर्न सक्छौं । त्यसै अनुरुप सञ्चार जगतकै कान्छो पत्रकारिता अन्तर्गत अनलाईन पत्रकारितालाई लिइन्छन् । तीनै अनलाईन पत्रकारितालाई सञ्चार माध्यमसंग जोडिएर सत्य, निष्पक्ष र इमान्दारीताका साथ आफ्नो कर्म गर्दै आएको प्रारम्भ खबर डटकमले एक वर्ष पूरा गरिएको छ ।

सुरुवातीको दिनदेखि यस सञ्चार माध्यमबाट प्रकाशित÷प्रशारीत विषयबस्तुले पाठक तथा दर्शकहरुले रुचाउँदै आउनुभएको आभास हामीलाई लागेको छ । समावेशी, खबरदारी र समुदायको समस्यालाई उजागार गर्दै सम्बन्धित पक्षलाई सूचना पु¥याई समाधानका पाटोमा समेत सहयोग पु¥याउन सफल भएको दाबी गछौं । खोज, अनुसन्धान र पारदर्शी सञ्चारको अभियानलाई सार्थक बनाउँदै पाठकले खोजिएको र रुचाइएको विषयबस्तु प्रकाशन गर्दै आईरहेको छ । यस सञ्चारगृहले समाजमा रहेका हरेक विषयबस्तुको अध्ययन, आवाजविहिनको आवाजलाई सम्बोधन गर्ने, युवा प्रतिभा, युवा, कृषक, शिक्षा, स्वास्थ्य, संस्कृति तथा पर्यटनको क्षेत्रमा निरन्तर कार्य सम्पादन गर्दै आएको र आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धतता गर्दछु ।
नेपाल आर्थिक विकासको हिसावले पछाडी परेको मुलुक हो, तर भ्रष्टाचारका हिसावले नेपाल धेरै देशभन्दा अगाडी छ । आदर्शले चल्नु पर्ने निकायदेखि दैनिक नागरिकलाई सेवा दिनुपर्ने साना कार्यालयहरुमा समेत भ्रष्टाचारको गन्ध सुनिन्छ र देखिदै आएको छ । जानकारहरुका अनुसार, नयां पुस्ताले भ्रष्टाचारसंग लड्न हिचकिचाएको र जागरुक नभएका कारण विकासोन्मुख देशहरुमा भ्रष्टाचार कायम नै रहेको छ । त्यस्तै युवा सशक्तिकरण हुन नसक्नु र सरकारले युवाहरुलाई प्रेरित नगर्नु पनि एक कारण रहेको पाईन्छ । त्यस्तै पारदर्शिता र जवाफदेहिता बढाउन सके भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्दछ । यसै सन्दर्भमा प्रारम्भ खबर गम्भीर र सचेत छ ।

पत्रकार तथा सञ्चारगृहले खोज्ने जनताको जनगुणासो र सार्वजनिक निकायको सूचना हो । सार्वजनिक निकायको सूचना माग्ने हक अधिकार नागरिकको लागि संविधानमै उल्लेख हुदाँहुदै सरल र सहज तरिका सुचना लिन सक्ने वातावरण छैन् । त्यसप्रकारका परिस्थितिमा आम सञ्चार जगतले सञ्चार नीति, मूल्य मान्यतामा रहेर सूचना प्रवाह गर्नुपर्दछ । सत्य सूचना, व्यक्ति, समाज र सिंगो राष्ट्रलाई अग्रसर बन्न सहयोग पु¥याउँछ ।
सबै नागरिकले सूचनालाई सहि तरिकाले प्रयोग गरेमा राष्ट्र, समाजले काँचुली फे समय लाग्दैन । त्यस्तै पारदर्शी समाज निर्माणमा सूचना दिने र लिने अभ्यास भने निकै महत्वपूर्ण छ । नेपालकै शन्र्दभमा हेर्ने हो भने आम नेपाली नागरिकले कुनै वाधाअड्चनविना सूचना पाउने हको व्यवस्था कानुनमै उल्लेखित गराइएको छ । नेपालको संविधानको धारा २७ ले नेपाली नागरिकले सूचना हकको अधिकारलाई प्रत्येजीत गरिएको छ । जसअनुसार सार्वजनिक चासोका विषयमा वा व्यक्तिगत सूचना प्राप्त गर्न सहज हुने वातावरण सिर्जना गरेको छ ।

सूचनामा अटेको समाजलाई सहि दिशामा डो¥याउने कार्य प्रारम्भ खबरले गर्नेछ । यस सञ्चारगृहलाई माया र सदभाव प्रकट गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक अभार प्रकट गर्दछु । हामीसंग प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा मिडिया सहकार्य गर्नुहुने संघसंस्था, विज्ञापनदाता, शुभचिन्तकहरुमा विशेष धन्यवाद । सदाबहार यहाँहरुको माया अर्शिवाद र सुचना प्रवाहमा सकारात्मक सम्बन्ध स्थापित होस् ।

सम्बन्धित समाचार