असार ०५, काठमाडौं । ‘टिभिएस स्ट्राईकर मेलामा आउनुहोस, सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’- योजना अन्तर्गत सुपर स्ट्रार निखिल उप्रेतीको उपस्थितिमा जितपुर, कलैया हुँदै बिरगञ्जसम्म टिभी एस स्टाइकरको भब्य र्याली सम्पन्न भएको छ ।
नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै र्यालीको आयोजना गरेको थियो ।
जगदम्बा मोटोर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको विरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा मोटर्स, कलैयाको करण इन्टर प्राइजेज, निजगढको अजिमा ट्रेडर्स, चंद्रपुरको गणपति अटो एण्ड सेन्टर को माध्यबाट आफ्ना टिभी एस स्नोकर (१२५ सीसी)को ग्राहकलाइ लक्षित गरि स्नोकर सीसी मेला शोरुम नजिकैको स्थान हरुमा ३१ जेठ गतेबाट असार ३ गतेसम्म सम्पन्न गरेको छ ।
मेलामा टिभी एस स्नोकर (१२५ सीसी)को खरिद क्यास, फाइनान्स र एक्सचेन्ज को माध्यम बाट खरिद गर्न पाउने भएपछि ग्राहकहरु निकै खुसि भएर बाइक खरिद गरेका थिए भने मेला अवधि भरस्नोकर (१२५ सीसी) खरिद गर्ने ग्राहक लाइ कम्पनि ले २ आर्थिक बर्ष सम्म २०७५।७६ को कर छुट साथै रेनकोट, हेल्मेट, फाइनान्स , एक्सचेन्ज पनि कम्पनीले उपलब्ध गराएको थियो । नायक निखिल उप्रेतीले टिभी एस स्ट्राइकर किनन्ने ग्राहक हरुलाई टिभी एस शोरुम जितपुर कलैया र विरगञ्ज मा गएर भेट गर्नुभएको छ ।
जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता जितपुर को सगरमाथा मोटर्स, कलैयाको करन इन्टरप्राइजेज र विरगञ्जको म्याक्स अटोको टिभी एस स्ट्राइकर किन्ने करिब २०० जना ग्राहकलाइ लिएर जितपुर बजार, कलैया बजार हुदै बिरगञ्ज बजार परिक्रमा गरेर र्याली सम्पन्न भएको थियो ।
नायक उप्रेतीले मोटर साईकल किन्ने ग्राहकहरुलाइ चाबी हस्तान्तरणसाथै संगै बसेर लन्च गर्ने निकै खुसि व्यक्त गरेका थिए ।

