सम्पदा संरक्षणमा हाम्रो भूमिका

big bite restro

सबै नेपाली लगौं एक भएर
कर्तव्य पूरा गरौं सबै मिलेर
सम्पदा बचौं, लोभ र स्वार्थ सबै भुलेर ।

– जेनी कायस्थ

 

प्राकृतिक सुन्दरताले सिगारिएको हाम्रो देश नेपाल कला, संस्कृति, परम्परा, भेषभुषा आदिको सङ्ग्राहालय हो । यही प्राकृतिक र सांस्कृतिक सम्पदाले गर्दा आज विश्वसामु नेपालले एउटा पहिचान बनाउन सकेको छ । संसारको उच्च शिखर सगरमाथाको देश नेपाल हजारौँ खोला नालाहरूको देश नेपाल विश्व शान्तिका प्रतीक गौतम बुद्धको देश नेपाल थुप्रै मठमन्दिरहरूको देश नेपाल र अनेकतामा एकता झल्काउने देश नेपाल । जसरी विभिन्न प्रकार, रंगका फूलहरूलाई गाँसेर एउटा रङ्गीचुङ्गी माला उनेको हुन्छ त्यसरी नै नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातीका मानिसहरु पनि मिलेर सुन्दर नेपालरूपी माला बनेको छ ।

नेपालको कुनै पनि कुना काप्चाले इतिहासको कथा बोकेको छ । नेपालको राजधानी काठमाडौँ जसलाई हजारौँ मन्दिरहरुको सहर भनेर चिनिन्छ । ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेका नेपालका थुप्रै साँस्कृतिक सम्पदाहरू विश्व सम्पदाको सूचीमा सूचीकृत छन् । पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, हनुमानढोका र लुम्बीनी ती स्वयम्भुनाथ पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ र लुम्बीनी ती साँस्कृतिक सम्पदा हुन् । जुन यूनेस्कोद्वारा विश्व सम्पदामा सूचीकृत भाएका छन् । यी सम्पदाहरूले विश्वमा नेपाली संस्कृति, कला र परम्परालाई झल्काएको छ ।  त्यस्तै प्राकृतिक सम्पदामा पनि हाम्रो देश धनी नै रहेको पाइन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य थुप्रै उच्च हिमश्रृङखलाहरूले नेपालीहरूलाई आफ्नो शिर उच्च राखेर दुश्मनको अगाडि नुझुक्ने पाठ पढाएको छ । थुप्रै हरियाली बनजंगल र रुख विरुवाहरूले सजिएको नेपालमा विभिन्न प्रजातिका बाटोबिरुवा, जडिबुटी र बन्यजन्तुहरू पाइन्छ । अझै यहाँ अविरल रूपमा बगिरहने खोला नाला, ताल, नदीहरूले नेपालको सुन्दरतामा सुनमाथि सुगन्ध थपेको छ । नेपालमा पाइने अमूल्य र महत्वपूर्ण बोटबिरुवा तथा जनावारहरूलाई सुरक्षित रूपमा राष्ट्रिय निकुञ्जहरूमा राखेका छन् । सगरमाथा र राष्ट्रिय निकुञ्ज पनि यूनेस्कोद्वारा विश्व सम्पदामा सूचीकृत रहेका छन् ।

यस्ता ऐतिहासिक महत्व बोकेका नेपालका कला, संस्कृति झल्काउने हाम्रा सांस्कृतिक सम्पदा र स्रोत दाँतका लहरझै श्रृङखलाबद्ध ँरूमा मिलेर मुस्कुराईरहेका हाम्रा हिमाल, हरिया बनजंगल निरन्तर कलकल आवाज निकालेर बगिरहने खोलाहरूले थुप्रै पर्यटकहरूको मन लोभ्याएको छ । यही प्रकृतिको मनमोहक वातावरण र नेपाली कला संस्कृतिमा रमाउनका लागि बर्षेनी विश्वका विभिन्न देशबाट पर्यटकहरू भित्रिने गरेका छन् । यसरी पर्यटकहरू नेपालमा आउँदा उनीहरूको खाने, बस्ने बेलामा जति खर्च गर्छन् ती सबै खर्चले नेपालको आर्थिक स्थितिमा सहयोग पु¥याएको छ । पर्यटकहरूका लागि भनेर पर्यटकीय क्षेत्रहरूमा थुप्रै होटलहरू खोलेका छन् । जसले गर्दा स्थानीय मानिसहरू पनि रोजगारीको अवसर पाएका छन् । त्यस्तै हाम्रा बनजंगलमा पाईने जडीबुटीहरू पनि विभिन्न ठूलाठूला रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । त्यसैले यस्ता जडिबुटीहरू ठूलाठूला प्रयोगशालामा लगेर थुप्रै औषधीहरु पनि बनाउन सकिन्छ । तसर्थ हाम्रा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूले नेपालको आर्थिक अवस्थालाई ठुलो मद्दत पु¥याएको छ ।

तर आज हाम्रा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको सुन्दरतामा केही कमी आएको देखिन्छ । मानिसको स्वार्थी स्वभावले गर्दा आज थुप्रै समस्याहरू देखा परेका छन् । बढ्दो जनसंख्याको माग पूरा गर्नका लागि दिनप्रतिदिन प्राकृतिक सम्पदाहरुको विनाश हुँदै आएको छ । वनजङ्गल फडानी गरेर थुप्रै वन्यजन्तुहरुको बसास्थान विनाश गरेको छ । यसरी वनजङ्गल फडानीले अन्य थुप्रै प्राकृतिक प्रकोपहरूलाई निम्त्याइरहेको हुँन्छ । पानीका स्रोतहरू पनि प्रदूषित हुँदै आएको छ । अव्यवस्थित शहरीकरणका कारण आज जताततै प्रदूषण नै प्रदुषण रहेको छ । जसका कारण हाम्रा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूमा नराम्रो असर परेको छ । त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पले इतिहास बोकेका थुप्रै मठ, मन्दिर, पाटी, पौवा र अन्य थुप्रै धरोहराहरू विनाश भएको थियो । धरहरा, घण्टाघर, दरबार क्षेत्रहरूमा पनि ठूलो क्षती पुगेको थियो । तर आजसम्म पनि क्षेति पुगेका सम्पदाहरूको पूर्ण रुपमा पुनःनिर्माण हुन सकेको छैन् ।  यसरी प्राकृतिक, साँस्कृतिक सम्पदाको अवस्था यस्तै रहने हो भने यस्को ठूलो असर सिङ्गो राष्ट्रले भोग्नुपर्छ । त्यसैले यस्ता सम्पदाहरूको सुरक्षा, खोजी तथा संरक्षणमा हाम्रो ठूलो भूमिका रहेको हुन्छ । हामीलाई अवगत नै छ कि अधिकार र दायित्व एउटै सिकाका दुई पाटा हुन । त्यसैले जसरी हामीले प्राकृतिक स्रोत साधनहरू प्रयोग गर्ने अधिकार पाएका छौँ । त्यसरी नै प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाहरूको सुरक्षा गर्नु हाम्रो दायित्व हो ।

– साभार– सहकार्य मासिक पत्रिका

सम्बन्धित समाचार