‘निदायाे कि सिहंदरबार, बर्बाद भाे हाम्राे सरकार’ भन्दै फेरि आयो अर्को गीत (भिडियाेसहित)

जेठ ३१, काठमाडौं । पत्रकार तथा कवि गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ज्ञ प्रहार गरिए छ ।

डान्स ग्रुप भीमफेदी गाइज को फिचरिङ रहेको गीतमा देबेन्द्र कार्कीले स्वर दिएका छन । गीतमा विकास पाण्डेले संगीत गरेका हुन भने रिकेश गुरुङको एरेन्ज छ ।

पवन शुसलिङले छायाङ्कन गरेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन । सार्वजनिक गरिएको म्युजिक भिडियो समसामयिक नेपाली परिवेशमाथि केन्द्रीत छ । भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ । म्युजिक भिडियोको अन्त्यमा गीत पूरा नसकिँदै काटिएको छ ।

यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएका हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.