कार्यालय समयमै मद्रासी फिल्ममा मस्त गोकर्णेश्वर नगरपालिका वडा न. ७ का कर्मचारी

big bite restro

जेठ ३१, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ को कार्यालयमा एक कार्मचारिले आफ्नो कार्यालय समयमा हिन्दी मद्रासी फिल्म हेर्दै गरेको पाईएको छ ।

कार्मचारीहरुमाथी प्रश्न उठिरहेको बेला वडा कार्यालयका एक कर्मचारी भने आफ्नै धुनमा युट्युबमार्फत भिडियो हेदैँ दिन कटाईरहेको अवस्थामा फेला परेको छ ।

प्रारम्भ खबरको अनुगमन टोली वडा कार्यालयतर्फ पुगेको बेला उक्त दृश्य फेला परेको हो । दिनको ठिक १ बजेको समय कार्यालय पुग्दा चौँथो सचिब किश्वर ठकुरीले कानमा हेडफोन लगाएर कार्यालयको कम्प्युटरमा मस्तसंग फिल्म हेरिरहेका थिए । । वडा अध्यक्ष केशव गुरुङको कार्यकक्षको ठिक पल्लो कक्षामा सेवाग्राहीको काम छाडी फिल्म हेरिरएको अवस्थामा श्रव्यदृश्य समेत कैद गरेको छ ।

यसरी कार्मचारीहरु आफ्नो मर्यादा र जिम्मेवारीबिहिन क्रियाकलाप गर्दा सेवाग्राही त मारमा छदैछ सिङ्गो सरकारी कर्मचारीमाथी नै अपमान भैरहेको छ । यस्तै अनुशासन विपरीत कार्य गर्ने कर्मचारीलाई कारवाही कस्ले गर्ने ?

प्रस्तुत विषयमा प्रारम्भ खबरले तयार पारेको भिडियो रिर्पोनुहोस् ।

सम्बन्धित समाचार