मेन्टल टेन्सन अर्थात मानसिक तनाव आजको आधुनिक युगको उपज हो । यसबाट बच्न चाहे पनि आफूलाई बचाउन नसकिने अवस्था छ ।
मानसिक तनाव नभएको शायद नै कोही मानिस होला । यसरोगको उमेरसँग पनि अब कुनै सम्बन्ध रहेन । साना देखि ठुलासम्मलाई यसले पिरोलेको छ ।आजको युगको सुख-सुविधाका साधनहरु व्याक्तिलाई जहाँ आराम दिन्छ, त्यहिँ अर्का तर्फयी भौतिक सुविधाका साधनहरु जुटाउने चाहनाले व्यक्तिलाई चिन्ता वा टेन्सन दिइरहेको हुन्छ।
व्यक्तिको चाहना पुरा भएन वा अधुरो नै रह्यो भनेजीवन पनि अपुरो लाग्न थाल्छ । रात दिनको यो टेन्सन, चिन्ताले व्यक्ति उदास भईडिप्रेसनमा जान्छ । यो एकप्रकारको मानसिक रोग हो । बढि दु:खको अनुभव हुनु, एक्लोपन,निराश हुनु, दैनिक जिवनचर्याको साथ-साथ हिँडन नसक्नु आदि जस्ता कुराले अवसाद (डिप्रेशन)लाई जन्म दिन्छ ।
आजको यस भागदौडको दुनियामा प्रत्येक मानिसमाकुनै न कुनै कुरालाई लिएर मानसिक तनाव भईरहेको हुन्छ । जस्तै पढाईको तनाव,परिवारको तनाव, व्यापारको तनाव, साथीभाइहरुको तनाव, कामको तनाव ।
कुनैपनि चिजको समस्यालाई लिएर मानिस यति परेशानरहन्छ कि मानसिक तनावको स्थितिमा पुग्छ । कहिले काँही त यस्तो पनि हुन्छ कि मानिसआफ्नो मानसिक संतुलन पनि गुमाउँछ, आफ्नो सारा कामकाज-व्यवहार छोडेर बसिदिन्छ ।त्यति बेला शारीरिक एवं मानसिक तनावबाट पीडित व्यक्तिमा शारीरिक रुपमा समेतपरिवर्तनका लक्षणहरु देखिन थाल्छन् ।
लक्षण
दु:खको लगातार अनुभव हुनु ।
जोश, जागर ऊत्साहमा कमि हुनु ।
निन्द्रा न लाग्नु ।
मुटुले रगत छिटो-छिटो पम्प गर्नु ।
बल्डप्रेसर हाई हुनु ।
श्वासको गति बढ्नु।
दम बढ्नु ।
एलर्जी हुनु ।
छालामा समस्या देखिनु ।
मान्स पेशिहरु कडाहुनु र दुख्नु ।
भोक न लाग्नु वा रुचि न हुनु ।
शरीरको तौल घटनु । टाँउको र आखाँभारी हुन र दुखिरहनु।
खाएको कुरो न पच्नु, अपच हनु ।
पाचन प्रणाली कमजोर हुनु ।
पेट सफा नहुनु, कब्जियत हुनु ।
पेटमा ग्यास भरिनु ।
रिस उठ्नु र झिंझो लाग्नु ।
कुरै–कुरैमा वा बातै पिच्छे रुन थाल्नु ।आत्महत्या को ईच्छा गर्नु वा प्रयास गर्नु ।
आदी जस्ता लक्षणहरु पीडित व्यक्तिमा देखिन्छ ।
कारण
टेन्सन मानिसलाई भौतिक अथवामानसिक कारणले गर्दा हुने गर्दछ ।
चर्को प्रकाश र ठुलोआवाजहुने ठाँउमा बस्नु ।
बेक्टेरिया अथवा केमिकलहरुकोविषाक्त प्रभाव पर्नु ।
एक्स-रे तथा अन्य रेडियशन तथा अन्य केहीऔषधिहरुको दुष्प्रभाव ।
कुनै पुरानो शारीरिक दुखाई ।
संतुलित भोजनको कमि । डर-त्रास, इर्षा, रिसराग आदी तनावको कारण हुनसक्छ ।
मानसिक तनावबाट देखिनेदुष्प्रभाव
मुटु सम्बन्धी रोगहरु देखिनु ।
हार्टअटेक हुनु ।
फाईब्रो माईलेजीया अर्थात मान्सपेशीहरु दुख्नु। शरीरको प्रतिरोधक क्षमतामा कमि हुनु ।
आस्थामा हुनु ।
छाला सम्बन्धि रोगहरु देखिनु ।
शरीरमा रगतको कमि हुनु ।
आँखाको दृष्टि कमजोर हुनु, धमिलो देख्नु ।
चश्मा लगाउनु ।
सल्लाह
तनावको अवस्थामा कार्टीजोन र एड्रिलिन जस्ता तनावलाईव्यवस्थित गर्ने हार्मोन्सहरु बढी सक्रिय हुने हुनाले शरीरलाई हानि गर्ने गर्दछ। तसर्थ तुरन्तै तनाव कम गर्ने उपाय पट्टि लागि हाल्नु पर्दछ ।
निषेध
चिया, कफि, रक्सी, चुरोट, खैनी, गुट्खा आदीकोसेवनले तनाव बढ्ने हुँदा यसको सेवन बन्दगर्नु पर्दछ ।
तनावको बेलामा चिसोपानीले नुहाउँदा फ्रेस हुन्छ।
बेलाबखत कामकाजबाट छुट्टी लिने र घुमघाम गर्नुपर्दछ ।
दैनिक काम बाहेक अन्य सृजनात्मक कृयाकलापमालाग्नु लाभदायक हुन्छ ।
मर्निगंवाकमा जाने यसले पनि तनाव तथानिन्द्राको समस्यालाई कम गर्दछ, तन र मन स्वस्थ्य रहन्छ । योगाभ्यास, ध्यानगर्नाले पनि यसमा फाईदा हुन्छ । स-साना कुरालाई लिएर परिवारसंग झगडा नगर्ने ।
मनको भावनालाई ब्यक्त गर्ने, दबाएर नराख्ने ।
सदा प्रसन्नचित रहने कोशिस गर्ने ।
परिवारका सबै सदस्याहरु एक साथ बसेर खाना खाने। यसो गर्नाले एक आपसमा सामन्जस्य भइरहन्छ ।
होमियोप्याथिक चिकित्सा
होमियोप्याथिकमा यसको लागी प्रभावकारी औषधिहरुछन् । जसको प्रयोगले तपाईंलाई यस रोगबाट सजिलै सित छुटकारा दिलाउन सक्छ । यस रोगकोलागी रोगीको मानसिक एवं शारीरिक लक्षणहरुको आधारमा प्रयोग गरिने केहि औषधिहरु यसप्रकारछन् ।
कालिफोस-३एक्स नामक औषधिको दिनमा ३ पटक प्रयोग गर्ने ।
हाईपेरिकम क्यु पाँचथोपा दिनको तीनपटक पानीसँगलिने । यसले मानसिक तनावलाई कम गर्दछ ।
काभा काभा–क्यु १० थोपा दिनको ३ पटक लिनालेतनाव कम हुनका साथै निन्द्रा पनि राम्रो लाग्छ (गर्भवती र सुत्केरी महिलाको साथेपार्किगंस रोगबाट पीडित ब्यक्तिले यस औषधिको सेवन गर्नु हुँदैन ।)
लेभेन्डर आयलको प्रयोगले चिन्ता, तनाव कमगर्दछ । सुत्नुभन्दा अगाडि यसको केही थोपा रुमालमा राखेर सुँघ्नाले पनि फाईदाहुन्छ ।
औसिमम सानटेक्टम–क्यु १० थोपा दिनको दुईपटक सेवन गर्नाले स्ट्रेसलाई कम गर्दछ। उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकको सल्लाहमा सेवन गर्नुउपयुक्त हुने छ ।

