धूमपानको मात्रा घटाएर मात्रै फाइदा हँुदैन

धूमपानले स्वास्थ्यमा असर गर्छ भन्ने सबैलाई थाहा छ र आफूलाई सचेत मान्ने व्यक्तिहरू बेफाइदा नहोस् भनेर यसको मात्रा घटाएर ढुक्क हुने गर्छन् । तर, धूमपानको मात्रा घटाएर मात्रै फाइदा हँुदैन । धूमपानको कुनै सुरक्षित मात्रा ((सेफ लिमिट) छैन । दिनहुँ एक खिली चुरोट पिउनुसमेत हानिकारक हुन्छ । त्यसैले मात्रा घटाउँदैमा धूमपानका कारण हुने मुटु रोगको जोखिम कम हुन्न ।

‘द बीएमजे’ मा प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार, एक खिली चुरोटले पनि भविष्यमा मुटु रोगको जोखिम बढाउँछ । दिनहुँ एक खिली चुरोट पिउनेहरूमा मुटु रोगको जोखिम दिनहँु २० खिली चुरोट लिनेहरूको दाँजोमा आधा मात्रै हुन्छ । यसैले स्वस्थ रहन चुरोटको मात्रा कम गर्ने नभई धूमपान चटक्कै छोड्नुपर्छ ।

यो प्रतिवेदन सन् १९४६ देखि २०१५ सम्म ५५ पब्लिकेसन्समा प्रकाशित १४१ अनुसन्धानको अध्ययन गरेर सार्वजनिक गरिएको हो । प्रतिवेदनमा पुरुषको तुलनामा महिलाहरूमा धूमपानको नोक्सान बढी हुने उल्लेख छ । दिनहँु एक खिली चुरोट खाने पुरुषमा मुटुको घातक रोग हुने खतरा ४८ प्रतिशत हुन्छ भने महिलामा यो प्रतिशत बढेर ५७ हुन्छ । यति मात्र नभई स्ट्रोकको खतरासमेत पुरुषमा २५ प्रतिशत हुन्छ भने महिलामा ३१ प्रतिशत ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.