फिल्म ‘दुई रुपैयाँ’ को ‘टल्क्यो जवानी’ (भिडियो सहित)

लोकभाका, संगीतको प्रयोग भएको गीत ‘कुटुमा कुटु सुपारी दाना’ छोटो समयमा निकै चर्चा बटूल्न सफल भयो। फिल्म ‘दुई रुपैयाँ’ ले उक्त गीतको चर्चा पश्चात ‘टल्क्यो जवानी’ बोलको गीत सार्वजनिक गरेको छ। क्लब गीत शैलिमा निर्माण भएको ‘टल्क्यो जवानि’ मा आशिफ शाह र निश्चयल बस्नेतका साथमा मिस तामाङ २०१२ सुमी मोक्तानको अभिनय रहेको छ। यो गीतमा कलाकारहरू आशिफ शाह र निश्चल बस्नेत आफैंले स्वर दिएका छन् भने गायिका मीना निरौलाले गीतमा साथ दीएकी छिन्। सङ्गीतकार रोशन थापाको संगीत रहेको गीतमा एकतारे र सुरज शाही ठकुरीको शब्द रहेको छ। असिम शाह निर्देशित फिल्मको गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्। फिल्म ‘दुई रुपैयाँ’ भदौ २३ गते रिलिज हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.