टाइगर जिन्दा हे नेपाली हलहरुमा

बलिउडका दबगं सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ हिजो देखि प्रदर्शनमा आएको छ । बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा हे’ मा अभिनेत्री कट्रिना क्याफ लामो समय पछि एकैसाथ देखिदैछन ।
यशराज फिल्मसले नेपाललाई ’टाइगर जिन्दा हे’ खरिदको पुरै पैसा सुरुमौ नमागेको गोपीकृष्ण मुभिजका व्यवस्थापक निरज पौडेलले बताएका छन् । उनका अनुसार फिल्मको जम्मा मूल्य साढे तीन करोड मध्य केही प्रतिशत मात्र बुझाएको बताएका छन् । बाँकी प्रदर्शन पछि दिने सहमती भएको पौडेल बताएका छन् ।
फिल्म टाइगर जिन्दा हे बाहुबली २ पछि को दोस्रो महङ्गो फिल्म बनेको छ । जसमा नेपालले बाहुबली २ लाई ४ करोडमा किनेको थियो । फिल्म टाइगर जिन्दा हे ले दर्शकहरुलाई अर्को सजह वातावरण र्सिजना गरेको छ । यस फिल्मलाई टिभीमा पनि देखाईने भएको छ ।
शुक्रबार देशभर १ सय २५ स्क्रिनमा एकसाथ रिलिज भएको फिल्म टाइगर जिन्दा हे लाई डिसहोम मार्फत हेर्न मिल्ने भएको छ ।
प्रदर्शनमा आएको ६ सातापछि डिसहोममा पैसा तिरेर फिल्म हेर्न पाइने व्यवस्था मिलाईको छ । दिइएको जानकारी अनुसार डिसहोम च्यानल ११७ र ११८ नम्बरका च्यानलमा प्रदर्शन हुने भएको छ ।
फिल्म ‘टाइगर जिन्दा हे’ को नेपालको आगि मुख्य वितरक गोपीकृष्ण मुभिजका अनुसार फिल्मलाई डिसहोमले संयुक्त रुपमा स्थापना गरेको एसएन स्टुडियो मार्फत टीभीमा प्रदर्शन गरिने जानकारी गराएको छ । सो स्टुडियो मार्फत अब देखि सबै बलिउड फिल्महरु प्रदर्शन गर्ने जानकारी गोपीकृष्णका प्रमुख निरज पौडेलले बताएका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.