हाम्रो समयको सबैभन्दा धेरै विवादित-पद्मावत

मैले कुनै समय बाजिराव मस्तानीबारे लेखेका कुराहरु अहिले ” पद्मावत”सँग जोडेर हेर्दा फरक पदैन । मैले लेखेको थिएँ,कुनै पनि पौराणिक वा ऐतिहासिक कथावस्तुलाई जस्ताको त्यस्तै पर्दामा उतार्न मेगा बजेट, कथाबारे गहिरो जानकारी, ठुलो सङ्ख्याका पात्र र फिल्म युनिट नियन्त्रण गर्ने आँटसँगै धेरैभन्दा धेरै आत्मविश्वास चाहिन्छ । ऐतिहासिक सत्य-तथ्यबाट फिल्मकर्मी थोरैमात्र भड्किए पनि दर्शकबाट फिल्म सोझै इन्कार हुन सक्छ । निर्देशकाका लागि यस्ता फिल्म भयंकर ठूला चुनौती हुन्छ । यो खबर बलिउडहंगामा डट कमुबाट साभार गरिएको हो |

“पद्मावत” एउटा यस्तो चलचित्र हो, जुन बन्ने हल्ला भएदेखि नै चर्चामा रहिरह्यो । पत्रिकाका हेडलाइन्सदेखि टिभीमा आउने बहसहरुमा यसले ठाउँ पाउन थाल्यो । हाम्रो समयको सबैभन्दा धेरै विवादित, धेरै चर्चित र लगभग हरेकको बहसमा ठाउँ बनाएको विषयवस्तु बन्यो । देशदेखि विदेशसम्म यसले खिचेको ध्यानले सबैको उत्सुकता बढ्यो । यो चुलिएको उत्सुकतामाझ कैयन् विवाद, अप्ठ्याराहरूलाई पार गर्दै “पद्मावत” प्रदर्शनमा आएको छ ।
इतिहासका कथा र पात्रहरुले मलाई सधैं छुट्टै ऊर्जा दिन्छन् । रामानान्द सागरको रामायणु र बीआर चोपराको महाभारतु हेरेर बिताएका बाल्य र यौवनकाल अझै सम्झनामा छन् । त्यस्तै सोहरब मोदी, के आसिफ र कमाल आरोहीका कामहरु म अझै सम्झन्छु । त्यस्तै आधुनिक समयमा बनेका अशुतोष गवारिकारको ुजोधा अकबरु र एसएस राजामौलीका ुबाहुबली १ र २ु ले पौराणिक फिल्मप्रतिको मेरो प्रेमलाई पुनर्जीवन दिने काम गरे ।
म कुनै इतिहासकार होइन, जसले इतिहासका पन्नाहरुमा आफ्नो जिन्दगी बिताएको होस् । वा विशेषज्ञ होस् । जसले कुनै ऐतिहासिक चलचित्रको तथ्य-सत्यबारे बोलोस् । म त्यो होइन । तर, म फिल्मबारे जानकारी राख्ने व्यक्ति हुँ । यही दृष्टिबाट “पद्मावत” हेर्दा म चकित भएँ । सञ्जय लीला भन्सालीले पस्केको यो मेगा चलचित्रले मलाई अत्यन्त आनन्द दियो । अन्तर्राष्ट्रियस्तरको प्रस्तुति रहेको यो चलचित्र शानदार, भव्य र चकित पार्ने किसिमको छ । यस्ता मेगा बजेटका फिल्महरुमा दृश्य र प्राविधिक पाटोले कथावस्तुलाई छायामा पार्छन् तर “पद्मावत”मा त्यो छैन । जति भव्य यो चलचित्रको निमार्णशैली छ, त्यति नै सुन्दर र बलियो कथावस्तुरपटकथा छ । फिल्मको प्रेमकथा, बढ्दै जाने तनाव, त्यसले निम्त्याउने घटनावस्तु, नाटकीय मोडहरु, चकित पार्ने युद्धका दृश्य र मथिङ्गल हल्लाउने फिल्म हो |

धेरै नघुमाएर सोझै भन्नुपर्दा “पद्मावत” बाहिरी सतहमा मात्र सौन्दर्य भएको फिल्म होइन, यो गहिरो छ । इतिहास बोकेको छ । फिल्मले चित्तबुझ्दो कथावस्तु र अभिनय बोकेको छ । बेजोड क्लाइम्याक्सले सुनमा सुगन्ध थपेको छ । ुपद्मावतु सञ्जय लीला भन्सालीको अहिलेसम्मकै उत्कृष्ट काम हो भन्दा फरक पर्दैन ।
उत्कृष्ट लेखाइ, पटकथाका साथसाथै “पद्मावत” उत्कृष्ट अभिनयले भरिपूर्ण छ । दीपिका पादुकोण यो फिल्मकी केन्द्र हुन् । अर्को वर्ष अवार्ड शोहरूमा दीपिकाको वर्चस्व हुने कुरा लेखेर राखे हुन्छ । दर्शकको तर्फबाट अथाह माया र स्नेह पाउने खाले अभिनय र पात्रमाथि उनले गरेको न्याय यो फिल्मको अर्को आकर्षण हो । दीपिकालले अहिलेसम्म गरेका अभिनयमध्येको यो उत्कृष्ट हो ।
रनवीर सिंहको चरित्र र अभिनयबारे लामो समयसम्म चर्चा गरिनेछ । एउटा निर्भीक, बहादुर, दुष्ट शासकको पात्रभित्र उनी यसरी अटाएका छन् कि मानौ उनले अभिनय गरेका होइनन्, स्वयं खिलजी बनेका छन् । रनवीर सिंहले हरेक फिल्ममा एकपछि अर्को दमदार र फरक पात्रमा आफूलाई प्रस्तुत गर्दै आएका छन् र ुपद्मावतु त्यसकै निरन्तरता हो । त्यस्तै, शाहिद कपुरको अभिनय वास्तविक र चरित्र सुहाउँदो छ ।

बलिउडले थ्रीडी प्रविधिलाई खराब तरिकाले प्रयोग गर्दै आएको छ । प्रयोग नभनौं, दुरुपयोग गरेको छ । थ्रीडीमा जति फिल्म बनेका छन्, सबैजसोले निराश पारेका छन् । तर, भन्साली त्यस्ता एक्ला हस्ती हुन्, जसलाई प्रविधि कसरी चलाउने र त्यसको महत्व के हो भन्ने राम्ररी थाहा छ । उनको यही विशाल ज्ञान पर्दामा देख्न सकिन्छ । “पद्मावत” आईम्याक्स थ्रीडी प्रयोगमा पनि उच्चस्तरको छ । यसले दर्शकलाई बेग्लै संसारमा लैजान्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.