बलिउडमा एउटा छाप छोडिरहेको चलचित्र ‘न्यूटन’ले बलिउडमा नयाँ बिषयवस्तु प्रस्तुत गर्न सफल भइरहेको पाहिएको छ । फरक कथ्यमा फरक स्वाद दिने गरि अभिनय गर्न सफल राजकुमार रावले आफ्ना समकक्षीहरुलाई मात दिने गरि अभिनय गरेको चलचित्र ‘न्यूटन’ले समिक्षकहरुको ध्यान तानेको छ ।
चलचित्र ओस्कारका लागि छनौट भएको छ । भारतबाट ओस्कारका लागि चलचित्र नोमिनेटेड भएबाट समेत चलचित्रको कथाबस्तु कति गहकिलो होला भन्ने अनुमान लगाउन सकिन्छ ।
अमित मसुरकरको निर्देशनमा बनेको चलचित्र आम कथा हो, थाहा भएकै कुरा, देखे, भोगेको कुरामा बनेको चलचित्र । तर, प्रस्तुती, उठाइएका सवाल र अभिनयले चलचित्र बेजोड बनेको छ । यद्यपी चलचित्रको प्रस्तुतीकरणमाथि राजनीतिकरुपमा असहमति राख्ने ठाउँ भने नभएको होइन ।
राजकुमार राव यतिखेर समक्षिकहरुले रुचाएका कलाकार बनेका छन् । केही समयअघि मात्रै उनको ‘बरेली की बर्फी’ भन्ने चलिचित्र निकै चर्चित बन्यो । चलचित्र न्यूटनमा राजकुमार एकजना सरकारी कर्मचारी बनेका छन् । उनी आदर्शवादी छन् । आफूले ठानेको कुरामा जस्तोसुकै अवस्थामा पनि त्यसलाई पालना गर्नैपर्ने उनको आदर्श छ । त्यसैले त उनी २१ वर्षमुनिकी केटीसँग बिवाह गर्न अस्वीकार गर्छन् ।
किन हेर्ने त न्यूटन:
लोकतन्त्रमा जनताले नेता चुन्ने गर्छन् । भनिन्छ, यो नै लोकतन्त्रको प्राण हो, तर नेपालको प्रदेश सहभामा दीपक मनाङेलाई जनताले नै चुनेर पठाएकोछ । भ्रष्टाचारीदेखि अपराधीसम्म चुनावमा जित्छन् !
त्यसो भए के यो चुन्ने प्रक्रिया सही छ ? यसबाट जनताले के पाएका छन् । गाउँतिर बस्ने दूरदराजका आम गरिबलाई के फाइदा हुन्छ ? यी र यस्तै प्र्रश्न चलचित्रले उठाएको छ ।
भारतमा लोकतन्त्र, व्यवस्था र कानुन आम मानिसलाई फाइदा दिन बनाइएको दावी गरिएको छ । तर यो बीचमा पनि चोरबाटोको सहारा लिएर कैयन व्यक्तिहरुले यी नियम कानुनहरुको मजाक उडाएको यथार्थ समेत हामीकहाँ छ । यति हुँदा पनि हामीले लोकतन्त्रमाथि गर्व गर्ने रु यस्तै प्रश्न निर्देशक अमित मसूरकर र लेखक मयंक तिवारीले यो चलचित्रमार्फ हाम्रा सामु तेस्र्याएका छन् ।
यो चलचित्र स्टारहरुको होइन बरु कलाकारको हो । राजकुमारको अभिनयको उचाईमा पुग्न धेरैलाई गारो पर्छ । इमान्दार न्यूटन बनेका उनको भूमिका र कलाकारिताले हामीलाई पूर्ण प्रभावमा पार्छ । उनी पात्रको भित्री तहसम्म पुगेका छन् । उनीसँगै पंकज त्रिपाठी, रघुबीर यादव र अञ्जली पाटील जस्ता कलाकार छन् ।
आफना मानछे, आफ्नै कुरा
छत्तीसगढको नक्सलवादी अर्थात सशस्त्र माओवादी प्रभावित क्षेत्र चलचित्रको विषय हो । भारतीय पूँजिपति र सत्तासीनहरुका लागि त्रास पैदा गर्ने क्षेत्र । एकातिर नक्सलवादीहरु, अर्कोतर्फ लोकतन्त्रको उदाहरण दिने सरकार । चलचित्रमा सरकारी संयन्त्रमाथि कडा प्रहार छ । चलचित्रमा कथाबस्तु, मनोरञ्जन र सन्देश तीनै पक्षलाई कुशलतापूर्वक समेटिएको छ ।
चलचित्रको नाम न्यूटन राख्नुका पछाडि पनि कारण छ । नूतन कुमार ९राजकुमार राव० लाई आफ्नो यो नूतन नाम मन पर्दैन । त्यसैले उनले नू लाई न्यू र तनलाई टन बनाउँछन् । सरकारी जागिर लागेपछि उनको पोष्टिङ छत्तीसगढको नक्सलवादी प्रभावित क्षेत्रमा हुन्छ । उनी इमान्दार र आदर्शवादी हुन्छन । चुनावको प्रक्रियामाथि निकै विश्वास गर्ने उनी निष्पक्ष निर्वाचन गर्न चाहन्छन् ।
चुनावको क्रममा हेलिकप्टरबाट जंगलमा झरेपछि उनी सेना र साथीहरुसँगै ८ किलोमिटर पैदल हिँडेर एउटा जीर्ण स्कूलमा पुग्छन । यो मतदान केन्द्र हो । यहाँ ७६ जना आदिवासीले मतदाता नामावलीमा नाम छ । तर माओवादीहरुले निर्वाचन बिथोल्ने खतरा पनि उत्तिकै छ ।
सेनाका अधिकारी आत्मासिंह माओवादीले बहिस्कारको घोषणा गरेकोले भोट हाल्न कोही नआउने भएकोले मतदान केन्द्रसम्म जानै नहुने तर्क गर्छन् तर न्यूटन भने चुनाव प्रणालीमा विश्वास राख्ने, उनले जिद्दि गर्छन र सबै त्यहाँ पुगेका हुन्छन् ।
तर मतदान केन्द्र बनाइए पनि लामो समयसम्म कोही आउँदैनन । अन्तमा सेना अधिकारी आत्मासिंह ढडरधम्की देखाएर केही गाउँलेलाई मतदान केन्द्रसम्म ल्याउँछन । तर ती आदिवासीहरुलाई मेशिनको माधयमबाट भोट हाल्न आउँदैन । उनीहरुलाई प्रशिक्षण दिन खोजिन्छ तर उनीहरुले भाषा बुझदैनन् । त्यसपछि के हुन्छ भन्ने कुरा थाहा पाउन चलचित्र नै हेर्नुपर्छ ।
चलचित्रमा आदिवासी गरिबहरुका शोषित भएका चिम्सिएका जीन्दगी हेर्न सकिन्छ । मान्छेको मुटु कँपाउने दृश्यहरु । भारत स्वतन्त्र भएको आधा दशक बढी बितिसक्दा पनि मध्ययुगीन जीवन बिताउन बाध्य जीवनहरु ।
च्लचित्रको बजेट ५.८ करोड भारतीय रुपैयाँ बराबर रहेको छ । चलचित्र अन्तर्राष्ट्रिय महोत्सवहरुमा निकै प्रशंसा पाउन सफल भएको छ ।
ब्यानरः दृश्यम फिल्म्स
निर्माताः मनीष मूंदडा
निर्देशकः अमित मसूरकर
संगीतः नरेन चँदावरकर, बेनेडिक्ट टेलर
कलाकारः राजकुमार राव, पंकज त्रिपाठी, अञ्जली पाटिल, रघुबीर यादव
अवधिः १ घण्टा ४६ मिनेट