बसन्ति लामा भन्छिन “मलाई छोडी गयौ भने”

मेहनत र निरन्तरताले मानिसलाई एक दिन अबस्य सफलता दिलाउछ । यहि सोच र विचारका साथ् बिगत केहि बर्ष यता नेपाली सुगम सांगीतिक क्षेत्रमा क्रियासिल बसन्ती लामा द्वारा स्वर बद्ध एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । तामांग समुदायको चेली भएर पनि कुनै पनि गीत संगीतमा उक्त गीतको भावले मागेको कथावस्तु अनुसार प्रस्तुत हुन सक्ने बसन्तीले आधुनिक गीतदेखी तामांग सेलो, लोक तथा दोहोरी गीत र फिल्मी गीतमा समेत आफ्नो कर्णप्रिय स्वर दीसकेकी छिन् ।
मलाई छोडी गयौ भने
उनि अहिले पनि संगीतको विद्यार्थी हुन् । सांगीतिक सिक्षा पनि लिंदै उनले अहिले सम्म दर्जनौं गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर भरेर आफ्ना अशंख्य श्रोता एवं दर्शकहरुमा माझ पुर्याइसकेकी छिन् । स्वभावले सौहार्द्ध तथा मिलनसार लामाको केहि समय अगाडी “बसन्ती बहार” नामक गीति एल्बम सार्बजनिक भएको थियो । उक्त एल्बम भित्र समाबेस सबै गीतहरुको म्युजिक भिडियो तयार भएको थिएन । क्रमश उक्त एल्बममा समावेस गीतहरुको म्युजिक भिडियो पनि बजारमा ल्याउने क्रममा यसै एल्बम भित्र समाबेस “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियो राजधानी फिल्म्सको ब्यानरमा तयार भएर हालै सार्बजनिक भएको छ ।
मलाई छोडी गयौ भने
निकै मर्मस्पर्सी ढंग बाट तयार भएको यस गीतको म्युजिक भिडियोमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय रहेको छ । भरत बम्जनको शब्द रचना र पूर्ण श्री परियारको संगीतले सुसजित यस गीतलाई बसन्तिको स्वर लहरिले निकै सुगन्ध प्रदान गरेको छ । “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् भने छायांकन जनक राज अधिकारी र सम्पादन जोहन राईले गरेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.