गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक

गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। आइतबार मेलिनाकै युट्युब च्यानलबाट ‘बितेका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। उत्तम जंग लिम्बुको संगीत रहेको उक्त गीतमा राज थेगिम अश्रुतको शब्द समावेश छन्।
अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा मेलिना आफैं फिचरिङ छिन्। मेलिनाले अभिनय गरेको यो नै पहिलो म्युजिक भिडियो हो।
गीत र भिडियोलाई लिएर आफु निकै उत्साहित भएको मेलिनाले बताइन्। उनले भनिन् ‘मैले भिडियोमा आफै अभिनय गरेको छु। यो मेरो सानो प्रयास हो। यसलाई दर्शक-श्रोताले मन पराइदिनु हुन्छ भन्ने आशा राखेको छु।‘
फनिन्द्र राईले एरेन्ज गरेको यस गीतलाई मुकेश मुकारुङले मिक्सिङ गरेका छन्। भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन्।
हेर्नुहोस् भिडियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.