जेठ १०, काठमाडौँ । लोक देउडा गायक प्रकाश थापाको स्वरमा “लैजा तेरो माया” देउडा गितको भिडियो सार्वजनिक भएको छ ।
सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा प्रकाश थापा र शोभा थापाको स्वर रहेको छ भने लय तथा शब्द राजेन्द्र शाह विपीको रहेको छ । भिम थापाको निर्देशन रहेको म्युजिक भिडियोमा चक्र बरालको रहेको छ ।
चर्चित मोडेल टेक विष्ट तथा रोशनी कुँवरको अभिनय रहेको उक्त गितमा माया पिरती र मिलन बिछोडका कुरा गित मार्फत दर्शाउन खोजिएको छ ।

