जेठ ६, काठमान्डौ । उदयमान गायक तथा सर्जक रोज वाईबाको नयाँ डिजे दोहोरी गीत “दिन्छौं हाम्लाई दोष” को म्युजिक भिडियो सर्बजानिक भएको छ ।
यस गितिएल्बममा रोज वाईबा र गायिका जस्मिन तामाङको स्वर सुन्न सकिन्छ जसमा लय रोज वाईबा स्वयंले सृजना गरेका हुन भने शब्द गायक गायिकाद्वयको संयुक्त प्रयासमा तयार पारिएका हुन्। बिष्णु तामाङको सङ्गीत संयोजन रहेको यस डिजे दोहोरीको म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन्। जीबन, बिनिता, अनु लगायतका कलाकारहरूको अभिनय रहेको यस म्युजिक भिडियोलाई नवराज घिमिरेले छयाङ्कन र शक्ति प्रज्ज्वल घिमिरेले सम्पादन गरेका छन ।
यस गितिएल्बमको अडियो।भिडियोलाई सुनौलो नेपाल म्युजिक प्रा।लि।ले बजार ब्यबस्थापन गरिएको छ।

