आजको राशिफल : ज्येष्ठ २ गते, बिहीबार

वि।सं।२०७६ साल ज्येष्ठ ०२ गते । बिहीबार । इस्वी सन २०१९ मे १६ तारिख । नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि द्वादशी,०५ घडी ३५ पला,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र चित्रा,५७ घडी ०७ पला । योग सिद्धि,३७ घडी ४२ पला,बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त व्यातिपात । करण वालव,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त कौलव,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा चर योग । चन्द्र राशि कन्या,बेलुकी ०४ बजेर ३९मिनेट उप्रान्त तुला । कोका–कौसीकी संगममा मत्स्यदर्शन गर्ने सांस्कृतिक दिवस। काठमाडौँमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलासी बस्तु उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापन प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउँनेछन भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन । सुन्दर तथा विलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन । पढाई लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन भने श्रमको उचित मूल्याङ्कन होला। शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाइ तथा आफन्तकाहरुले सहयोग गर्नेछन भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागि काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोज्ञ काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायरि सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार विहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनी सँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाई लखाईमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने जीवन साथी सँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन । साझपख समय मध्यमय रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस ।

-ज्योतिषी गणेश काफ्ले ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.