आजको राशिफल : वैशाख ३० गते, सोमबार

वि।सं।२०७६ साल वैशाख ३० गते । सोमबार । इस्वी सन २०१९ मे १३ तारिख । नेपाल संवत ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि नवमी,२२ घडी ४१ पला,दिउसो ०२ बजेर २३ मिनेट उप्रान्त दशमी । नक्षत्र मघा,११ घडी १९ पला,बिहान ०९ बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग ध्रुव,०३ घडी ३६ पला,बिहान ०७ बजेर ५७ मिनेट उप्रान्त व्याघात । करण कौलव,दिउसो ०२ बजेर २३ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर १० मिनेट उप्रान्त गर । आनन्दादिमा ध्वांक्ष योग । चन्द्र राशि सिंह । सीता जयन्ती। काठमाडौँमा सूर्योदय ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक दुई कदम अगाडि बढी अग्रगामी छलाङ मार्न सकिनेछ । व्यापार गर्ने सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरू सँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । नयाँ प्रबृधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाई लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च बढ्नुका साथै आर्थिक सङ्कटको सामना गर्नु पला । अनावश्यक काममा समय बित्नेछ। व्यावसायिक काममा पनि लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। आफन्त तथा अग्रज सँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

तपाईँको दिन शुभ रहोस ।

-ज्योतिषी गणेश काफ्ले ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.