पुरुषको भन्दा महिलाको स्मरणशक्ति बढी

बैशाख २१, काठमाडौं । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ। यो कुरा सन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। हालै अमेरिकाको ’सिंगटन विश्वविद्यालय स्कुल अफ मेडिसिन रिसर्च’ को अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा।मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियौँ। यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भने, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मोटाबोलिजम परिवर्तन हुन्छ ?’

मोटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो। अध्ययनमा बराबर उमेरका महिला पुरुषलाई सहभागि गराइएको थियो।अध्ययनमा पुरुषको तुलनामा महिलाको मस्तिष्कको मोटाबोलिजम बढी थियो। यसकारण महिलाको स्मरणशक्ति बढी देखिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.