प्रेम गीत – ३ बन्दै

बैशाख ११, काठमाडौँ । निर्देशक सन्तोष सेनले फिल्म गर्न लागेका छन । सेनले यो फिल्म बनाउने कुरा पत्रकारहरुलाई सुनाउन पाउँदा निकै खुसी भएको उनको आफ्नो फेसबुकमार्फत व्यक्त गरेका छन ।

फिल्म प्रेम गीत – ३ यो वर्षको अन्तिम चैत २८ मा देशभर प्रदर्शनमा ल्याउने सेनले बताएका हुन । उनले समाजिक संजालमार्फत चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछि टिम अहिले पाँचौं प्रोजेक्ट प्रेम गीत–३ निर्माणका लागि जुटेको जानकारी दिएका छन्।

प्रेम गीत – ३ फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने पक्का भएको सेनले बताए । चलचित्रका लोकेशनदेखि मुख्य टिम पनी फाइनल भएकाे उनले जनाए । उनका अनुसार चलचित्रबारे बिस्तृत रुपमा चाँडै विशेष पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँनेछ ।

सेनले दर्शकलाई प्रेम गीत–३ लाई बिगतमा निर्माण गरेका चलचित्रहरुमा जस्तै अझै धेरै मिहेनत गरेर ल्याउने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.