‘विर विक्रम २’ को दोस्रो गीत ‘बाचा'(भिडियाे)

बैशाख ३, काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको फिल्म ‘विर विक्रम २ ‘ को ‘बाचा’ गीत रिलिज गरेको छ ।

रिलिज भएको फिल्को यो गीतमा नरेश भट्टराईको शब्द रहेको छ भने तारा प्रकाश लिम्बु र दिपा लामाले स्वर दिएका छन । संगीत पनि गायक लिम्बुले भरेका हुन । कविराज गहतराजको कोरियोग्रफी रहेको छ । गीतलाई सुदिप बरालले खिचेका छन । सम्पादन बनिष शाहले गरेका हुन । मिलन चाम्सले निर्देशन तथा निर्माण गरेको फिल्मको कथा प्रदिप भारदाजले लेखेका हुन ।

छायांकन नवराज उप्रेतीले गरेका छन । बनिष शाहले सम्पादन गरेको यो फिल्म जेठ ३ गते प्रदर्शनमा आउदैछ। फिल्मका कलकारहरु नाजिर हुसेन,पल शाह र वर्षा सिवाकोटी , बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी लगायत छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.