बैशाख ३, काठमाण्डौं । सुनिल दोङ अभिनित “मार मार ब्यासी रि” गीतको म्युजिक भिडियोले अहिले बजारमा राम्रो प्रतिक्रिया संगै चर्चा बटुल्न सफल भएको छ ।
पछिल्लो समयमा तामाङ सेलो जुहारी गितले दर्शक स्रोताहरुको माया पाउने क्रममा हालसालै एउटा सेलो जुहारी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । पुर्न लामा र इन्दिरा गोले गुरुङको आवाज रहेको उक्त गीतको म्युजिक भिडियोमा पुसन लामा , अनुस्का दोङ , सुनिल दोङ , पुर्न लामा लगायत कलाकारहरुको अभिनय रहेको छ । गायक पुर्न लामाकै संगित रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुर्य लामाले गरेको हो भने बाबुल गुरुङ्को ब्यवस्थापन रहेको छ ।
जिग्मी मिडिया बाट सार्बजनिक गरिएको उक्त गीतले बजारमा राम्रो चर्चा पाउनुका साथै कलाकार हरुको अभिनयको समेत तारिफ गरेको पाइन्छ । (भिडियो)

