परिवर्तनको लागि टिमवर्क अनिवार्य – सविना लामा (हेर्नुहोस भिडियो अन्र्तवार्ता)

big bite restro

प्रारम्भ खबर ।
चैत ७, काठमाडौं । मिस तामाङ २०१९ को फस्ट रनरअप विजेता सविना लामाले समाज परिवर्तनका लागि टिमवर्क नै अनिवार्य रहेको बताएकी छिन् । उनले आफू समाजको लागि रोल मोडल बनेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले प्रारम्भ खबरको अन्र्तवर्तामा आफू तामाङ समुदायको एउटा प्रतिनिधित्व गर्ने पात्रको रुपमा स्थापित गर्न अध्ययन र अनुसन्धान मार्फत कला, संस्कृति, पहिचान तथा अधिकारका लागि समाजमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा निरन्तर लाग्ने बताईन् । आफुले ताज लगाईसकेपछि थप जिम्मेवारी महसुस गरेको अनुभाव समेत सुनाईन् ।

विशेष गरी तामाङ समुदायमा सबै एकजुट नहुदाँ विकास र परिवर्तनमा आउन नसकिएको भन्दै सामाजिक तथा राजनीतिक नेतृत्वमार्फत आफ्नो अधिकारका लागि एक जुट हुन आग्रह गरिन् । काभ्रे रोशी गाउँपालिका वडा नं. १ मा जन्मिएर अध्ययनको क्रममा काठमाडौं बस्दै आएपनि उनले आफु गाउँको वातावारणसँग राम्रो अनुभाव भएकोले समाजको वस्तुस्थिति बारे अझ चासोका साथ अभियानमा लाग्ने योजना सुनाईन् ।

बाँकी कुराकानीमा

सम्बन्धित समाचार