स्वो. सुनिल श्रेष्ठको पछिल्लो सिर्जना “धोका दियौ किन” सार्वजनिक

चैत ०७, काठमान्डौ । सिन्धुपाल्चोक स्थाई घर भई बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेर पनि गित संगीतमा निरन्तर लागिरहनुहुने सर्जक स्वो। सुनिल श्रेष्ठको पछिल्लो सिर्जना “धोका दियौ किन” भर्खरै मात्र डिजिटल बजारमा सार्वजनिक गरिएको छ।

सो गीतको तयारीपछि उहाको मलेसियामा मृत्यु भएको थियो। यस एल्बममा स्वो। सुनिल श्रेष्ठको आफ्नै लय शब्द रहेको छ भने कार्साङ तामाङ र गंगा ठकुरीको आवाज रहेको छ । म्युजिक भिडियोमा हाल नेपाली समाजमा संका, उपसंका ,अविस्वास लगायत विबिध कारण धेरैको माया प्रेम बिचैमा छुट्ने र जसले गर्दा कतिको जीवनमा ठुलै नकारात्मक प्रभाब परेको यथार्थपरक घटनालाई कथा बस्तुमा समेट्दै एकअर्कालाई राम्रोसँग बुझेर मात्र सम्बन्ध अगाडि बढाउनुपर्ने र हतारमा गलत निर्णय लिनुहुन्न भन्ने संदेश प्रवाह गरिएको छ। कुमार लामिछानेको ब्यबस्थापनमा तयार भएको उक्त गिति एल्बममा बिष्णु तामाङको सङ्गीत संयोजन रहेको छ भने शुभलक्ष्मी तामाङ र राजेन्द्र भण्डारीले विशेष सहयोगीको भूमिका निर्भाह गरेका छन । सुनौलो नेपाल म्यजिक प्रा।लि ले बजार ब्यबस्थापन गरेको एस एल्बमको भिडियोमा जेनिथ शर्माको निर्देशन रहेको छ भने प्रेम भट्टराई , लक्ष्मी शाही, अन्जु रसाईली लगायतको अभिनय रहेको छ ।

स्वो श्रेष्ठको चिर शान्तिको कामना गर्दै सुनौलो नेपाल म्युजिक प्रा।लिले आफ्नै युटुब च्यानलबाट यस एल्बमको अडियो तथा भिडियो सार्बजनिक गरेको छ । (भिडियो हेर्न )

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.