आजकाे राशिफल : चैत ५ गते, मंगलबार

वि।सं। २०७५ साल चैत ५ गते। मंगलबार। इश्वी सन २०१९ मार्च १९ तारिख। शकसंवत १९४०। विरोधकृत संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– त्रयोदशी, १२ः१० बजेउप्रान्त चतुर्दशी। नक्षत्र– मघा, १७ः३० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– धृति, १५ः५२ बजेउप्रान्त शूल। करण– तैतिल, १२ः१० बजेदेखि गर, २२ः५८ बजेउप्रान्त वणिज। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६ः१२ बजे, सूर्यास्त– १८ः१४ बजे र दिनमान ३० घडी ०५ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । भूमिबाट लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यात्रामा मालसामान हराउन सक्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विश्वास गरेकाले साथ दिनेछन । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । मिष्ठान्न भोजन प्राप्ति होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसिक चिन्ता वढ्नेछ । अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मान प्रतिष्ठामा बृद्धि होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाज्ञ्ले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

– ज्यो।प। नारायणप्रसाद दुलाल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.