आमा ह्योल्मो बस आउँछ म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)

फागुन ९, काठमान्डौ । सुनौलो नेपाल म्युजिक प्रा।लिको प्रबन्धक निर्देशक तथा गायक सुरेश तामाङको निकै नै सन्देश मुलक गित आमा ह्योल्मो बस आउँछ गाउँगाउँमा हेलम्बुको बस आउँछ गाउँगाउँमा गितको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको पर्यटन क्षेत्रको चर्चा गरिएको उक्त गितमा सिन्धुपाल्चोककै विकासको लागि र पर्यटन भित्र्याउनका लागि बिशेष जोड दीएको छ । पर्यटकहरुको बिकासको चिनारी स्वरुप “आमा ह्योल्मो बस आउँछ गाउँ गाउँमा (हेलम्बुको बस आउँछ गाउँ गाउँमा “बोलको म्युजिक भिडियो सिन्धुपाल्चोककै बिभिन्न स्थानमा सुटिङ गरिएको छ । सुनौलो नेपाल म्युजिक प्रा।लिको प्रस्तुतिमा रहेको गीतमा सुरेश तामाङ र इन्दिरा गोले गुरुङको सुमधुर अवाजलाई सुन्न सकिन्छ । गायक सुरेश तामाङ र महेश नेपालको शब्द सिर्जनामा तयार पारिएको उक्त गितमा महेश नेपालको लय रहेको छ ।

सिन्धुपाल्चोक जिल्ला पर्यटन क्षेत्रहरुलाइ समेटिएर तयार पारिएको म्युजिक भिडियोमा डिन एन राई,आइसा वाइबा,प्रकाश गिरि र सबिता भुजेलको भुमिका रहेको छ । गीतको ब्यबस्थापन गायक देभ लामाले गरेको हो भने निर्देशन डि एन राईको रहेको छ । (भिडियो)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.