‘आप्पा’ को नयाँ गीत सार्वजनिक (भिडियो सहित)

फागुन ६, काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमाको दोस्रो गीत ‘साँझ परे पछि’ बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको हो ।

गीतमा निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ । निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकार सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा फिचर्ड गरिएको छ । बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकार मुख्य भूमिकामा छन् । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्र आगामी जेठ २४ गतेबाट रिलिज हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.