यि दुई कलकारले गरे इन्गेजमेन्ट

माघ २९, काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन । दुबै तर्फका परिवारको उपस्थितिमा सोमवार उनीहरुले औंठी साटासाट गरेका हुन । वर्षा र संजोगले सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै लेखेका छन ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’

वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन ।करिव आठ वर्ष लामो प्रेम सम्वन्धलाई यी जोडीले विवाहमा परिणत गर्ने निर्णय गरेका हुन ।उनीहरुले फेसबुकमार्फत आफूहरुको संयूक्त नाम ‘सन्सा’समेत राखेको बताएका छन । यसअघि वर्षाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको कार्ड पोष्ट गर्दै अव दुई वैवाहिक बन्धनमा बाँधिन लागेको भन्दै निम्ताे कार्ड शेयर गरेकी थीन ।पछिल्लो समय वर्षा फिल्महरुमा निकै राम्रोसँग जमिरहेकी छिन भने संजोग पनि यदाकदा फिल्ममा देखिन्छन तर उनी विशेषतः ब्यापारी हुन ।

वर्षाकाे नयाँ फिल्म ‘गोपी’ अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यसअघि उनि अभिनित फिल्म ‘चौका दाउ’ प्रदर्शनमा आएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.