सीतापाइलामा ‘थ्री एस’सहितको सुविधासम्पन्न नयाँ सोरुम सुरु

माघ २६, काठमाडौं । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंको सीतापाइलामा ‘थ्री एस’सहितको सुविधासम्पन्न नयाँ सोरुम सुरु गरेको छ।

एमएडब्लु इन्टरप्राइजेजको आफ्नो पुरानो डिलर डी एन्ड डी अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउनेछन्। नयाँ सोरुमको उद्घाटन बिहीबार मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरिन्। उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ सोरुम अत्याधुनिक, सुविधासम्पन्न र ग्राहकमैत्री हुने बताए।त्यसैगरी, डी एन्ड डी अटोलिंकका प्रबन्ध निर्देशक अमिर महर्जनले यामाहाप्रतिको विश्वासकै कारणले दोस्रो सोरुम सुरु गरेको बताए। डी एन्ड डी अटोलिंकले विगत एक दशकदेखि काठमाडौंको टेकुमा यामाहा सोरुम संचालन गर्दै आएको छ। नयाँ सोरुमबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन।

स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर ३, एफजी २५, फेजर २५, आर १५भी ३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्। यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ। यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.