चलचित्र ‘समर लभ’ मा गायक पुस्पन प्रधानको गीत

माघ २२, काठमाडौं । साहित्यकार सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा केन्द्रित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘गुनासो छैन…’ बोलको गीतमा गायक पुष्पन प्रधानको स्वर, शब्द र संगीत छ । गीतको भिडियोमा अभिनेता आशिष पिया र अभिनेत्री रेवती क्षेत्रीको प्रेम र पीडालाई देखाइएको छ । ‘समर लभ’को कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन् । संवाद सुबिन र सामीप्यले संयुक्त रुपमा लेखेका छन् । मुस्कान ढकालले निर्देशन गरेको चलचित्र ‘समर लभ’ यही माघ २५ गते रिलिज हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.