माघ १८, काठमाडौं । सहिद दिवसको शन्र्दभमा प्रारम्भ विशेष कुराकानीमा जिउँदो सहिदले चिनिएका मेघराज आचार्यले नेपालको सन्र्दभमा सहिदहरुको बलिदानी अझै सम्मान गर्न नसकिएको बताएका छन् । कैदीबन्दीहरु झगडा परेर मरे पनि सहिद घोषणा गर्ने चलन भएको नेपाली राजनीतिले वास्तविक सहिदलाई अपमान गरिरहेको छ –आचार्यले भने ।
भरर्खरै मात्र सरकारले जनआन्दोलनमा ज्यान घुमाएका सुरक्षाकर्मीहरुलाई पनि सहिद घोषणा गरेकोमा आपत्ति जनाउँदै राज्यले दिइएको जिम्मेवारी कर्तव्यनिष्ठ प्रहरी तथा सेनालाई सहिद घोषणा गर्दा वास्तविक परिवर्तन र जनजीविकाको लागी ज्यान आहुति दिने सहिदहरुको नाम ओझेलमा परेको स्पष्ट पारे । सुरक्षामा हतियार सहित खटिएका आफ्नो कर्तव्य पालन गर्ने व्यक्तिले ज्यान गुमाउँदा समावेदन तथा राज्यले उच्च मूल्याकन सहित पीडित परिवारलाई सम्मानजनक हेरचाह गर्नुपर्ने हुन्छ तथापी तिनीहरुलाई सहिदको उपाधि दिन नहुने बताएका छन् । बाँकी भिडियो कुराकानीमा

