ख्याति प्राप्त गायक दिप श्रेष्ठको ‘बरु दुःख देउ’ गीतको भिडियो सार्वजनिक

माघ १३, काठमाडौं । आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा सजिएको ‘बरु दुःख देउ’ गीतको भिडियो बजारमा आएको हो ।

गीतमा प्रेम र विछोडलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । सुवास चन्द्र ढुगेलको शब्द तथा अविद को संगीत गीतमा रहेको छ । जिवनका विभिन्न कालखण्डमा आइपर्ने समस्यालाई गीतमा समेटिएको छ ।

अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘बरु दुःख देउ’ गीतमा काजिश श्रेष्ठ र रुपा कडेँलको अभिनय रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.