माघ १३, काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अठारौं साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य सहकारीको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारीलाई आफ्नो सहयोग मिल्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंक निरन्तर अगाडि बढ्दै रहेको पनि बताए । कार्यक्रममा रावा बचत तथा ऋण सहकारी संस्था लि।का अधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदनहरु पारित गरिएको थियो ।सहकारीका कार्यवाहक अध्यक्ष भैरबबहादुर हमालको सभापतित्वमा सम्पन्न सो साधारण सभामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, विनोदकुमार गुरागाई, सुनीलकुमार रेग्मी, भरतबहादुर भण्डारी र हेमबहादुर कार्कीले बोलेका थिए । रावा बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको सक्रियतामा अठार वर्ष अघि स्थापना भएको हो ।

