नेपालले ओमन र युएईसँग छिट्टै श्रम सम्झौता गर्ने

माघ १२, काठमाडौं । बैदेशीक रोजगारका लागि नेपालले पछिल्लो समय श्रम सम्झौता प्रक्रिया एक पछि अर्को गरि अघि बढाएको छ । नेपालले ओमन र युएईसँग छिट्टै श्रम सम्झौता गर्ने जनाएको छ ।

श्रम सम्झौताका लागि छलफल गर्न नेपाली प्रतिनिधी टोली शनिबार साँझ ओमन जाँदैछ । ओमनसँग श्रम सम्झौताका लागि छलफल गरी नेपाली टोली मंगलबार युएई जानेछ । हाल युएईमा चार लाख र ओमनमा ३३ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् । युएईसँग दुई दिन छलफल गरी टोली स्वदेश फर्किने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

युएईसँग २ हजार ७ मा सम्झौता भएको थियो । ओमनसँग भने पहिलोचोटी सम्झौता हुन लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.