‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको म्युजिक भिडियो सार्वजनिक

माघ १०, काठमाडौं । पछिल्लो समय अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपाली गीत, संगीतको बजारमा फरक फरक गीत बजारमा ल्याउने गरेका छन् ।

त्यस्तै पछिल्लो समय जाडो यामलाई लक्षित गर्दै हर्ट डान्सिङ बिटको ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक अर्जुन सुनाम र गायिका बिन्दु परियारकोे स्वर रहेको उक्त गीत हालै युट्युबमा लञ्च गरिएको हो । गीतमा शब्द भने गीत लेखनमा आफ्नो पृथक पहिचान बनाएकी चर्चित सञ्चारकर्मी सुविधा आचार्यको रहेको छ । झलक संगितको संगीत तथा भिडियोका निर्देशक शिवन श्रेष्ठले गरेका हुन्।

साथै अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको गीतमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायतका कलाकारलाई देख्न सकिन्छ । केशव आचार्यको प्रोडक्शन रहेको उक्त सुन्दर म्युजिक भिडियो श्रृष्टि किड्र्स टिभि नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.