कतार एयरवेजले शिखर सम्मेलन गर्दै

माघ ८, काठमाडौं । कतार एयरवेजले पहिलो ‘सीएपीए कतार एभिएसन, एरोपोलिटिकल एन्ड रेगुलेटरी समिट’ नामक सम्मेलन आयोजना गर्ने भएको छ ।

कम्पनीले आगामी ५ र ६ फेब्रुअरीको दिन विश्वभरका वायुसेवा उद्योगका अग्रणीहरुलाई दोहामा निम्त्याई सम्मलेन गर्ने भएको हो । कतार एअरवेजले कार्यक्रमका मुख्य वक्ताहरुको सूची पनि घोषणा गरेको छ । मध्य पूर्वी क्षेत्रमा हुन गइरहेको सो प्रकारको पहिलो कार्यक्रम, उक्त उच्चस्तरीय सभामा वायुसेवा एवम् कानुनी तथा सरकारी क्षेत्रका ३५ जनाभन्दा बढी वक्ताले दुवै क्षेत्रीय तथा विश्वव्यापी स्तरमा अन्तर्राष्ट्रिय उड्डयन अधिनियममा भइरहेको नवीनतम विकासका बारेमा छलफल गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.