सेयर कारोबारमा समस्या, बजार घट्दै

माघ ६, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनलाइन प्रणालीमा समस्या आएको छ । आइतबार केही ब्रोकरले लगइनमा समस्या भएको भन्दै नेप्सेमा जानकारी दिएपछि २५ मिनेट कारोबार रोकिएको हो ।

समस्या हाल समाधान भइसकेको छ । समस्या जानकारीमा आएपछि बजारमा १२ बजेर १४ मिनेटदेखि १२ बजेर ३९ मिनेट जाँदासम्म कारोबार रोकिएको थियो । अनलाइन प्रणली सुरु भएदेखि नै समस्या हुँदै आएको छ । ब्रोकरका अनुसा आइबार उनीहरले कारोबारका लागि एडमिन खोल्दा समस्या भोगेका थिए ।

यसैबीच कारोबार सुरु भएको तीन घन्टा बित्नै लाग्दा सेयर बजार नकारात्मक देखिएको छ । यो समाचार तयार पार्दासम्म बजार करिब ८ अंकले घटेको छ । बजार घट्ने क्रममा हुँदा यसदिन माथिल्लो तामाकोशीको सेयरको कारोबार उच्च छ । हालसम्म कारोबार भएको करिब २४ करोडमध्ये तामाकोशी एक्लैको २० करोडका सेयर किनबेच भएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.