कृषि मेला चितवनमा आयोजना हुने

माघ ६, काठमाडौं । यस वर्षको कृषि मेला चितवनमा आयोजना हुने भएको छ । मेलाबाट कृषहरु लाभान्वित हुने उद्देश्यका साथ मेला चितवनमा आयोजना गर्न लागेको आयोजक संस्थाका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।

चितवनको भरतपुरमा माघ ११ देखि १३ गतेसम्म आयोजना हुने तेस्रो नेपाल एग्रिटेकको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न १८ देशका कृषिसम्बन्धी कम्पनीका १सय ५० बढी स्टलहरु रहने छन् ।  एक लाखभन्दा बढी अवलोकनकर्ताको अपेक्षा गरेको आयोजकले प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिँचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने गरी तयारी गरेको जनाएको छ ।

प्रर्दशनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका संस्थासँग आबद्ध कृषक तथा व्यवसायी समेत सहभागी हुने आयोजकले बताएको छ ।  कृषि मेला गत बर्ष काठमाडौंमा आयोजना भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.