पुस ३०, बुटवल। बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले १३ गते शुक्रबार “क”, “ख”, “ग” वर्गका बैंक तथा फाईनान्स कम्पनीको नाममा जारी गरेको परिपत्रलाई कार्यान्वयनमा ल्याउन प्रदेश नं. ५ मा सञ्चालित सात वटा क्षेत्रीय स्तरका विकास बैंकहरुले कसरत सुरु गरेका छन् ।
राष्ट्र बैंकले तीनै वर्गका बैंक तथा फाईनान्स कम्पनीको नाममा परिपत्र जारी गरेतापनि विशेष गरेर क्षेत्रीय स्तरमा सञ्चालित विकास बैंक र फाईनान्स कम्पनी प्रति बढी लक्षित देखिन्छ । राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार अब एक जिल्ला, तीन जिल्ला र दश जिल्ला कार्यक्षेत्रको अनुमति पाएका क्षेत्रीय स्तरका “ख” वर्गका विकास बैंकहरुले २०७७ असार मसान्त एक अर्ब २० करोड चुक्तापुँजी पु¥याउन सकेको खण्डमा प्रदेश स्तरको विकास बैंक बन्न सक्नेछन् । भने, उक्त समय सम्म चुक्ता पुँजी पु¥याउन नसक्ने तीन जिल्ला कारोबारको अनुमति पाएका बैंकले हालको लागि कायम गरिएको ५० करोड चुक्तापुँजीमै एउटै प्रदेशमा पाँच जिल्ला कार्यक्षेत्र बनाएर काम गर्न सक्नेछन् तर एक वा सो भन्दा बढी प्रदेशमा शाखाहरु भए २०७७ असार मसान्त भित्रै त्यस्ता शाखाहरु बन्द, बिक्री वा स्थानान्तरण गरेर एउटै प्रदेशमा कारोवार गर्नुपर्ने छ ।
त्यसमा दश जिल्ला कार्यक्षेत्रको अनुमति पाएका विकास बैंकहरुलाई यस अघिनै एक अर्ब २० करोड चुक्तापुँजीको निर्देशन दिएकोमा हाल त्यस्ता विकास बैंकहरुले एक अर्ब २० करोड चुक्तापुँजी पु¥याएर बसेकोले प्रदेश स्तरको बैंकमा फिट देखिन्छन् तर उनीहरुलाई पनि एक वा सो भन्दा बढी प्रदेशमा भएका शाखाहरु बिक्री, बन्द तथा स्थानान्तरणको चुनौती भने छदैं छ ।

