गायिका किशोरी लामाको ‘तिम्रो हुन सकेन’ लोक दोहोरी गीतको भिडियो सार्वजनिक

आशिस तामाङ ।
पुस १७, काठमाडौं । गायिका किशोरी लामा मोक्तान (सन्ध्या सुस्केरा) को ‘तिम्रो हुन सकेन’ नेपाली लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा स्वर गायिका मोक्तान र रामजी खाँडको भरेका छन् भने शब्द स्वयम गायिका मोक्तानकै रहेको छ । त्यसैगरी गीतमा संगीत केशर तामाङले गरेको छ भने म्यूजीक भिडियोमा राज थापा, सन्ध्या मोक्तान, विनोद घिमिरे, राम थापा, निर्माल सुनार, सुनिता राना मगर लगायतले अभिनय गरेका छन् ।

भिडियोको छायांकन तथा निर्देशन कमल निर्जन र सम्पादन नविन घर्ति मगरले गरेका छन् । गायिका मोक्तानले तामाङ, लोक दोहोरी, सेलो लगायत एक दर्जन गीतहरुमा स्वर दिइसकेकी छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.