नेपाली कथानक चलचित्र आप्पा’को गीतमा दयाहाङको अभिनय

पुस १०, काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ । उमेश उपमाको शब्द रहेको गीतमा अनमोल गुरुङले संगीत भरेका छन् । थुप्देन भूटिया र स्नेहाश्री थापाको स्वर रहेको छ ।

‘हावा सरर….’ बोलको गीतको भिडियोमा दयाहाङ राईका साथमा अन्य कलाकार फिचर्ड छन् । बाबु छोरा बीचको सम्बन्धलाई मुख्य कथाबस्तु बनाइएको चलचित्रमा दयाहाङसँगै सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारको अभिनय छ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.