योनी नभएकी २६ वर्षीया युवतीको चिकित्सकले बनाए कृतिम योनी

पुस ६, काठमाडौं । काठमाडौंस्थित ईशान बाल तथा महिला अस्पतालले २६ वर्षीया एक युवतीको यौनांगको जटिल शल्यक्रिया गरेको छ ।

शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी शारीरिकरुपमा महिला नै रहेपनि यौनांग र पाठेघर नै नभएकी युवतीको शल्यक्रिया गरेको जनाएको हो । २३ वर्षको उमेरसम्म पनि महिनावारी नभएपछि चिकित्सकको सम्पर्कमा पुगेकी ती युवतीको तीन वर्षपछि शल्यक्रिया गरिएको जनाइएको छ ।

प्रसूतिरोग विशेषज्ञ डा. आशा सिंह र बालरोल विशेषज्ञ डा आरपी चौधरीलगायतको टिमले शल्यक्रिया गरी युवतीलाई यौनांग प्रदान गरिएको हो । ठूलो आन्द्राको १२ सेन्टिमिटर मासु काटेर शल्यक्रिया गरिएको प्रसूतिरोग विशेषज्ञ डा. सिंहले बताइन् । पाँच हजारजनामा एकजना महिलामा यस्तो समस्या देखिने गरेको चिकित्सकहरुको भनाइ छ । १२ देखि १८ हप्तासम्मका गर्भवती महिलाले विशेष ख्याल नगर्ने हो भने यस्तो समस्या देखिने बालरोग विशेषज्ञ डा। चौधरीले बताए । शल्यक्रिया गरी यौनांग प्रदान गरिएपनि पाठेघर नभएका कारण ती युवतीको प्रजनन् क्षमता भने नहुने चिकित्सकहरुले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.