कांग्रेसमा पदाधिकारीबारे नयाँ सहमति

पुस ६, काठमाडौं । नेपाली कांग्रेसकाे जारी महासमिति बैठक लम्बिँदै गइरहेका बेला शीर्ष नेताहरुले पदाधिकारीबारे नयाँ सहमति गरेका छन । नेताहरुबीचकाे लामो रस्साकसीपछि पदाधिकारी चयनबारेकाे विवाद साम्य भएकाे हाे ।

अब कांग्रेसमा सह-महामन्त्रीको संख्या ७ पुर्‍याइने भएकाे छ । अाज बिहान बसेकाे बैठकमा शीर्ष नेताहरुले जुटाएकाे सहमतिअनुसार नेतृत्व तहलारि समावेशी बनाउन भन्दै सह-महामन्त्रीकाे संख्या ७ पुर्याउन लागिएकाे हाे । यसैगरी उपसभापति र महामन्त्री २।२ जना हुने नयाँ सहमति भएकाे छ ।

यसअघि शीर्ष नेताबीच मंगलबार राति १ सभापति, २।२ उपसभापति, महामन्त्री तथा सह–महामन्त्री तथा एक कोषाध्यक्ष गरी आठ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो ।

अब कांग्रेसमा पदाधिकारीकाे संख्या १३ कायम हुने भएकाे छ । यसमा कोषध्यक्षबाहेक अरु सबै निर्वाचित हुनेछन । अाजकाे सहमतिअनुसार नेताहरु अघि बढेमा पदाधिकारीमा समावेशी सिद्धान्त लागू हुनेछ ।

अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने बताइएकाे छ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश भरि त्यसमाथि छलफल हुनेछ ।

महासमिति बैठक सुरु भएकाे ६ दिन भइसक्दा पनि न राष्ट्रिय मुद्दामा बहस भएको छ, न आन्तरिक जीवन सुदृढीकरणको विषयमा । विधान मस्यौदा महासमितिमा पेशसमेत नहुँदा पार्टी एकढिक्का भइदिए हुन्थ्यो भन्ने चाहना बोकेर आएका प्रतिनिधि एवं कार्यकर्ता निराश भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.