पुस ६, काठमाडौं । नेपालमा पछिल्लो समय चर्चित नेपाली सिंगिङ रियालिटी शो नेपाल आइडल २ को फाईनल आज हुँदैछ । यसअघि पहिलो सिजन कतारमा हुँदा धेरै दर्शकहरुले कार्यक्रम हेर्न नपाएको गुनासो गरेपछि यस सिजको भव्य फाईनल नेपालमा नै आयोजना हुने भएको हो । बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रम ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको एपीवान एचडीबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ। फाईनलमा पोखराका बिक्रम बराल ,झापाका सुमित पाठक , अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका छन । उनीहरुमा कसले नेपाल आईडल सिजन २ को उपाधी जित्ला भन्ने चौतर्फी र चर्चा र उत्सुकताकाबीच फाईनलको प्रतिक्षा धेरैले गरिरहेका छन ।
बिजेता हुनेले २० लाख नगद , होन्डा डब्लुआरभी कार , एउटा एल्बम , वल्र्ड टुर वा ५० लाख नगद पाउँनेछन । अन्तिम प्रतिष्पर्धामा जसले भोट धेरै ल्याउँछ उसलै उपाधी चुम्नेछ । बिक्रम र सुमित दुबै जना गोल्डेन माईक पाएका प्रतिष्पर्धीहरु हुन । शोको जज न्युह बज्रचार्य , कालीप्रसाल बास्कोटा र इन्दिरा जोशी रहेका छन ।

