जाडो मौसममा मुटुसम्बन्धी रोगबाट बच्न यसो गर्नुहोस्

गर्मीभन्दा जाडो मौसममा मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढी हुन्छ । यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भइसकेका व्यक्तिमा पुनः बल्झिने सम्भावनासमेत उतिकै हुन्छ । यो मौसममा चिसोले एकाएक मुटुका नलीहरु खुम्चिएर हृदयघात हुने डर पनि उत्तिकै हुन्छ ।

लक्षणः

  • प्रेसर बढ्छ
  • सास फपेर्न गाह्रो हुने
  • छाती दुख्ने समस्या
  • रिंगटा लाग्ने,
  • टाउको दुख्ने हर्टअट्याक हुने सम्भावना पनि हुन्छ

बच्ने उपाय

  • चिसोमा नबस्ने ।
  • छाती दुख्ने, सास फेर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।

जाडोमा किन ब्लडप्रेसर बढ्छ ?
गर्मीमा भन्दा जाडोमा ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप बढ्छ । त्यसको कारण भनेको चिसोको बेला छालामुनिका मसिना नलीहरु खुम्चिन थाल्छन् र रगत भित्रको मुख्य नलीमा जान्छ । बाहिरका नसामा बहने रगतसमेत भित्रका नसामा गएपछि चाप बढिहाल्छ । त्यसले पनि प्रेसर बढाउन मद्दत गर्छ ।

मुटुरोगीले ध्यान दिनुपर्ने कुराः
एकदम चिसोमा घरबाहिर ननिस्कने । मर्निङ्गवाक गर्ने बानी छ भने इभनिङ्गवाक गर्न सकिन्छ । चिसो छ भन्दैमा चुरोट सेवन गर्नुपर्छ भन्ने छैन । चुरोट सेवन गर्दै नगर्ने । एकदमै चिसो पानी नखाने । मनतातो पानीको सेवन गर्नुपर्छ । माछामासुसँगै फलफूल हरियो तरकारीमा पनि जोड दिने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.