चलचित्र ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक

मंसिर २५, काठमाडौं । चलचित्र ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । सेक्स कमेडी जनरामा निर्माण भएको चलचित्रलाई उमेश गुरुङले निर्देशन गरेका हुन् ।

नवराज जङ्ग थापा ‘जंगे’को निर्माण रहेको चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जङ्ग थापा, डी आर अटुको संगीत रहेको छ । उमेश गुरुङको कोरियोग्राफी रहेको चलचित्रको सम्पादन बनिश शाह र सालिक दुलालले गरेका हुन् । चलचित्र पुष २० गते रिलिज हुने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.